काठमाण्डाैं । दशैंकाे टिकाकाे भाेलिपल्ट काेराेना संक्रमणले जम्मा एक जनाकाे मात्र मृत्यु भएकाे छ।लामाे समय पछि काेभिडले यति थाेरै मानिसकाे मृत्यु भएकाे याे पहिलाे पटक हाे । तर देशभर सक्रिय सङ्क्रमित १२ हजार ५९८ रहेका छन्। तर नेपालमा अहिलेसम्म कूल मृतकको संख्या ११ हजार २७८ पुगेको छ।
विगत २४ घण्टामा १४७ जनामा कोरोना भाइरसको सङक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १ हजार ७७३ जनामा कोरोना परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण देखिएको हो। पछिल्लो २४ घण्टामा भने ८४५ जना सङ्क्रमणमुक्त भएका छन्। योसँगै अहिलेसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ८० हजार ७७६ पुगेका छन्।




