काठमाण्डाैं । तालिवानले शासन लिएपछि पहिलाेपटक अफगानिस्तान ठुलाे हमला भएकाे छ। कान्दहार शहरमा रहेकाे मस्जिदमा बम आक्रमण हुँदा ४७ जनाको मृत्यु भएको छ भने ७० जना घाइते भएका छन् । कान्दहारकाे बीबी फातिमा मस्जिदमा बम आक्रमण भएको थियो । विष्फोटमा ४७ जनाको मृत्यु भएको पुष्टि भएको छ । तीन जना आक्रमणकारीले आत्मघाती बम आक्रमण गरेको अर्न्तराष्ट्रिय समाचार संस्थाले जनाएका छन।
याे मस्जिद शियाहरूकाे हाे । शुक्रबारको साप्ताहिक प्रार्थना हुने भएकाले मस्जिद मानिसहरुले भरिभराउ थियो । तालिबानले विशेष सुरक्षा फौजले घटनास्थल घेरामा राखेको छ र घाइतेहरुको उपचारका लागि रगत आवश्यक परेकाले रक्तदान गर्न आह्वान गरेको छ । यो आक्रमणको जिम्मा कसैले पनि लिएको छैन । एक साता अगाडि शुक्रबारकै दिन पनि उत्तरी कुन्दुज प्रान्तस्थित शिया मस्जिदमा विष्फोट हुँदा ५० जनाको ज्यान गएको थियो । सो घटनाको आईएस–केले जिम्मा लिएको थियो ।




