दशैं पनि अब ओरालाे लागेकाे छ। सुनसान रहेकाे काठमाण्डाैं उपत्यकामा राता निधार र हरिया टाउका भएका मानिसहरूकाे चहलपहल फेरि वढन थालेकाे छ। र,क्रमश चिसाे काठमाण्डाैं फेरि गर्मिलाे हुनेछ।
दशैं मनाउन भनेर करिव दस लाख मानिसले तिन दिनमा राजधानी छाडेका थिए। काठमाण्डाैं छाड्दा पनि सानाे दु:ख उनीहरूलाई थिएन। राजधानीकाे नागढुंगा देखि धार्केसम्मकाे अनवरत जाममा पसिना पुछदै गएका मानिसहरू विस्तारै फर्कन थाल्नेछन-यहि कर्मभूमिमा। दशैंकाे तीन दिन सवै दुख,पीडा,तनाव भुलेर केवल याे महान चाड मनाएका नेपालीहरू अब फेरि लयमा फर्कनेछन।
राजधानीबाट गाउँ गाउँसम्म जाँदा मानिसकाे मुहारमा जुन आभा थियाे-अव फर्कदा त्याे रहन्छ कि रहन्न ? राजधानी जान पाउँदा उनीहरूकाे मनमा खुशीले बास पाउँछ कि फेरि उहि चिसाे काठमाण्डाैं र कपटी मानिसकाे फेला परिने भइयाे भनेर चिन्ता देखिन्छ ? किन मानिसहरू अनवरत चिन्तामा छन ?
हरेक राज्यले चाडवाडका केही दिनमा मात्र हाेइन,सदा सर्वदा नागरिकलाई खुशी राख्न सक्नुपर्छ। र,याे खुशी कसरी प्राप्त हुन्छ ? अथवा खुशी कसरी दिने ? यता साेच्नुपर्छ।
वुद्ध भन्छन-संसारमा दु:ख छ।दु:खकाे कारण छ र यसकाे निवारण पनि छ। वुद्धवाणीलाई मनन गर्ने हाे भने अधिक चाहना नै दु:खकाे मुल स्राेत हाे । उनी भन्छन-जरूरत भन्दा बढी जे सुकै कुराकाे चाहना राख्नु भनेकाे विष हाे । दुखकाे कारण पनि यहि हाे । सुख पाउने मेसाे पनि यहि हाे।
तर,हामी २१ औं शताब्दीमा छाैं र समयकाे गति अनुसार,हामी चल्नुपरेकाे छ। यदि तपाईँ समय अनुसार चल्नु भएन भने तपाइलाई समयले वदलिदिनेछ। तपाई बाहिर बदलिएकाे अभिनय मात्र गर्नुहुनेछ तर समयले भित्रैदेखि बदलिदिनेछ।
राजधानीदेखि देशका दुरदराजमा पुगेका मानिसहरू जब नागुढुंगा वा धुलिखेलबाट काठमाण्डाैं पस्छन नि,त्यतिवेला मानिस मात्र पस्दैनन, अनगिन्ती सवाल पनि पस्छन।किनभने उनीहरू काठमाण्डाैंबाट वाहिरिदा जति हण्डर,ठक्कर,तनाव झेलेर गए र फर्कदा उनीहरू जन्मेकाे ठाउँ र कर्म गर्नकाे लागि राेजेकाे काठमाण्डाैंमा जुन अन्तर देख्छन नि,यसले केवल सवाल मात्र गर्दैन,आगाे अेाकल्छ। जम्मा उनीहरूकाे एउटा सवाल हुनेछ-मेराे गाउँ जहिले पनि उस्तै किन ? यसकाे उत्तर कसले दिने ?
संसदमा गणपुरक संख्या पुरयाएर सरकार वदलिएकाे छ।अघि केपी अेालीकाे सरकार थियाे,अहिले शेरवहादुर देउवाकाे। याे कुरा सारा जनतालाइ थाह छ। तर,के जनतालाइ सरकार वदलिएकाे अनुभुति भएकाे छ ? काठमाण्डाैंबाट घर जाँदा हरेक पटक गाडीका चक्का खाल्डाेमा पर्दा मात्र जनताले सरकार सम्झिए।शहरबाट गाउँ जादै गरेकाे सवारी साधन भिरबाट गुल्टिएर स्वजन गुमाएपछि मात्र तिनले सरकार सम्झिए।दशैं दशा भएपछि झन सरकार सम्झिए। वाँके देखि काठमाण्डाैंसम्मकाे ५सय किलाेमितर सडक हिंडेर दुइ महिलाकाे मृत्यु शंकास्पद छ भन्ने रूवी खानलाइ उल्टै थुनेपछि वल्ल याे देशमा सरकार रहेछ भनेर थाह पाए। र,अदालतले हप्तादिनसम्म हिरासतमा राखेकी खानलाइ छाड भनेपछि मात्र थाह पाए याे देशमा सरकार छैन,अदालतले न्याय दियाे भनेर।के नागरिकलाइ सास्ती दिन र थुन्न मात्र सरकार चाहिएकाे हाे ? मानिसकाे मृत्यु भएपछि केही लाख पैसाकाे विटाे वुझाउन मात्र सरकार चाहिएकाे हाे ?
जे भाे साे भाे,सुधार जहाँबाट थाल्याे,उज्यालाे विहानी त्यही दिनबाट प्रारम्भ हुन्छ। अहिलेसम्म कार्यकर्ता र केही थान नेतालाइ सरकार वदलिएकाे अनुभुति भयाे।अब जनतालाइ पनि हुनुपर्छ। तिन महिनासम्म मन्त्री वनाउन नसकेकाे लेठाे पनि अव सकियाे। अव तिमीले काम गरेर देखाउनुपर्छ। तिमीले रेल ल्याउनुपर्ने,पानी जहाज चलाउनुपर्ने,सुरूङ वनाउनुपर्ने कुनै वाध्यता छैन। केवल भुइ मान्छेलाइ खुशी पार्ने साना साना काम गरेर देखाउ,जनता खुशी हुन्छन।
समयसँगै तिमी नवदलिए समयले तिमीलाई बदलिदिनेछ।




