धर्म/सस्कृति

राष्ट्रपति भण्डारीले आमा मिथिलाको हातबाट दसैँको टीका ग्रहण

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आमा मिथिला पाण्डेको हातबाट दसैँको टीका ग्रहाण गरेकी छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा पञ्चाङ्ग निर्णायक समितिले तय गरेको शुक्रबार बिहान १०ः०२ बजेको शुभ साइतमा राष्ट्रपति भण्डारीले आमा मिथिलाको हातबाट विजया दशमीको टीका र जमरा ग्रहण गरेकी हुन् । 

यस्तै शुक्रबार बिहान राष्ट्रपति भण्डारीले हनुमान ढोकाका मूल पूजारी देवराज अर्यालबाट पनि र टीका ग्रहण गरेकी छन् । 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *