काठमाण्डाैं । गुल्मीमा जिप दुर्घटना हुदा तिन जनाकाे मृत्यु भएकाे छ।वुटवलबाट सदरमुकाम तम्घास तर्फ जादै गरेकेा जिप दुर्घटना हुदा दुइ महिला र एक पुरूषकाे निधन भएकाे हाे । यस दुर्घटनामा ६ जना घाइते भएका छन।
मृत्यु हुनेमा गुल्मीको मुसिकोट नगरपालिका २ जलजला बस्ने ७० वर्षीय क्षेत्र बहादुर थापा, सोही ठाउँकी ४० वर्षीया राधिका थापा र मुसिकोट नगरपालिका ३ नेटाकी १९ वर्षीया संगीता सुनार रहेका छन ।
लु १ ज ४४९० नम्बरको जिप गएराति ११ बजेतिर रेसुंगा नगरपालिका– १० छहरा भन्ने स्थानमा सडकबाट करिब ५ सय मिटर तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा जिप चालकसहित ६ जना घाइते भएका छन् ।
घाइते हुनेहरुमा जिप चालक मुसिकोट नगरपालिका–२ जलजलाका २६ वर्षीय कमल थापा, सोही ठाउँका ४३ वर्षीया खिमा थापा, ३८ वर्षीया जुना थापा र ३६ वर्षीय राजु थापा छन् ।
यसैगरी मुसिकोट नगरपालिका–३ नेटा बस्ने ४७ वर्षीया सुमित्रा सुनार र चितवनको भरतपुर नगरपालिकाकी ५० वर्षीया राधा केसी पनि दुर्घटनामा घाइते भएका छन् ।




