रिबन

हिरासतबाट निस्केपछि रूवीले भनिन-प्रहरीबाटै असुरक्षा छ

काठमाण्डाैं । अदालतकाे आदेश पछि मुक्त भएकी रूवी खानले न्याय नपाएसम्म नेपालगन्ज नफकर्ने वताएकी छिन।उनी सात दिन देखि प्रहरी हिरासतमा थिइन।तर,विहिवार सर्वाेच्च अदालतका न्यायाधिश अनिलकुमार सिन्हाकाे इजलाशले उनलाइ रिहा गरेकेा थियाे।

गत हप्ता नेपालगन्ज देखि काठमाण्डाैंसम्म पैदल यात्रा गरेकी उनले दुइ जना महिलाकाे शंकास्पद मृत्युमा अनुसन्धान गर्न माग गरिरहेकी छिन।

विहिवार नै अदालतकाे आदेशपछि रिहा भएकी रूवी अनुसन्धानमा प्रहरी माथि नै शंका गरेकी छिन।उनले प्रहरीबाट नै आफुलाइ असुरक्षा भएकाे समेत वताइन।उनी अदालतबाट हाजिर भएर निस्कदा उनकाे साथमा माेहना अन्सारी देखि अन्य अधिकारकर्मीहरू समेत थिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *