रिबन

काकी भेटन झापा पुगेका ओलीले भने-म आज कसैलाइ गाली गर्दिन

काठमाण्डाैं । पदबाट हटेपछि पहिलाे पटक झापा पुगेका एमाले अध्यक्ष केपी ओलीले पहिलाे पटक कसैलाइ कुनै छुद्र वचन वाेलेनन । उनले भाषण गरेपछि कसलाइ भित्तामा पुग्ने गरि गाली गलाैज गर्ने हुन भनेर मानिस सतर्क हुने गदर्छन तर विहिवार उनले यसाे गरेनन ।

वरू,उनले चियापान कार्यक्रमकाे सुरूवातमा नै भने-यतिबेला शुभकामना आदान प्रदान गरेका बेला म कुनै विरोध, कटाक्ष, टिकाटिप्पणी गर्दिनँ ।

भाइ रामको निधनका कारण अध्यक्ष ओलीको घरमा यसपाली दसैं मनाइँदैन । उनले १५ दिनदेखि आफू चाडवाडसँग सम्बन्धित कार्यक्रममा नगएको पनि वताए ।

अध्यक्ष ओलीले शुभकामना मन्तव्यका क्रममा सांकेतिकरुपमा भने शक्ति पृथकीकरणको सिद्धान्तविपरीतका काम भएको वताए। उनले भने-लोकतान्त्रिक प्रणालीमा सबै निकायहरुले शक्ति सन्तुलनमा रहेर आ आफ्नो क्षेत्राधिकारमा रहेर काम गर्नुपर्छ, अली परसम्म हेर्ने बानी पलाओस् ।

जनताको जीवनमा देखिने गरी सकारात्मक परिवर्तन ल्याउनका लागि लोकतन्त्र ल्याइएको बताउँदै अध्यक्ष ओलीले लोकतन्त्रलाई लुटतन्त्र बनाउन परमादेशबाट विश्वमा कहिँ पनि सरकार नबनेको बताए । उनले सरकार निर्माणमा भएका सट्टापट्टाको वास्तविकता विस्तारै खुल्दै जाने वताए । उनले भने- बीचैमा अर्ली इलेक्सन भनेर आउने हो कि ? अध्यक्ष ओलीले स्थानीय सरकार र प्रदेश सरकारमा रहेका एमाले जनप्रतिनिधिहरुलाई जिम्मेवार भएर जनताको मत जित्ने काम गर्न सुझाव दिए ।

अध्यक्ष ओली आफ्नी काकीलाई भेट्न सुरुंगाको चप्रामारी समेत पुगेका थिए।उनकाे साथमा पुर्वमन्त्री अग्नी खरेल समेत थिए।

झापाकाे यहि कार्यक्रममा राष्ट्रियसभाकी सांसद काेमल अेाली पनि थिइन।उनले केपीकाे सामुन्ने यस्ताे गीत गाइन।

झापा फेरि पनि ल्याउनुपर्छ केपी ओलीलाई
देशको लागि आज अनि चाहियो भोलिलाई
आजकल त झन्झन् खाँचो भयो देशलाई

उनले यस्ताे गीत गाउँदा कार्यकर्ता रमाएका थिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *