धर्म/सस्कृति

कञ्चनपुरका जनतामाझ दसैँ मनाउने कांग्रेस नेता एनपी साउदकाे योजना

काठमाडाैँ । मेरो दसैँ जिल्लामा हुन्छ । कञ्चनपुरका जनतामाझ दसैँ मनाउने योजना छ । तीर्थव्रत पनि गर्छु । एकपटक हरिद्वार गएर पूजाआजा गर्छु । गंगा स्नान गरेर विल्कुल शुद्ध भएर फर्किन्छु । साथीभाइहरूलाई शुभकामना आदानप्रदान कार्यक्रम छन् पार्टीका ।

सामाजिक काम पनि छन् । धार्मिक काम पनि छन् । त्यो पनि सम्पन्न गरेर परिवारसँगै दसैँ बनाउँछु । कञ्चनपुरमा जेठोदाइको हातबाट टीका लगाउँछु । शुभचिन्तक, साथीभाइहरूलाई टीका लगाइदिने, आशीर्वाद तथा शुभकामना दिने गर्छु । जनतासँग, साथीभाइसँग सांस्कृतिक रूपमा सम्बन्ध नवीकरणको अवसर पनि हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *