काठमाण्डाैं । संघिय नेपालकाे सात प्रदेश मध्ये तिन वटा प्रदेश सरकार दशैंसम्मकाे पाहुना भएका छन। प्रदेश नम्बर–१ र वागमती प्रदेश र कर्णाली प्रदेश सरकार दशैंपछि विदा हुने भएका छन । प्रदेश १ र वागमती सरकार एमालेकाे काखबाट खाेसेर वर्तमान सत्तागठवन्धनले नयाँ सरकार वनाउनेछन भने कर्णाली सरकार कांग्रेससंगकाे सहमति अनुसार,माअेावादीले छाडने भएकाे छ ।
नेकपा एमाले विभाजनकाे शिकार वागमती र प्रदेश एककाे सरकारलाइ पर्नेछ । माधव नेपालकाे साथ छाडेर नेकपा एमालेमा नै रहेकाे पुरस्कार स्वरूप अध्यक्ष केपी अेालीले अष्टलक्षमी शाक्यलाइ वागमती प्रदेश सरकारकाे मुख्यमन्त्री वताएका थिए। उनले विश्वासकाे मत लिने मिति निर्धारण गरेर पनि दशैंसम्मकाे लागि थाती राखिन। अब उनले विश्वासकाे मत लिनेछिन,यसक्रममा विपक्षीकाे वहुमत हुनेछ र उनकाे सरकार ढल्नेछ। वर्तमान सत्ता गठवन्धनले शाक्यकाे सरकार ढालेर साे ठाउँमा माधव नेपालकाे दल नेकपा एकिकृत समाजवादीका नेता राजेन्द्र पाण्डेलाइ मुख्य मन्त्री वनाउनेछ। वागमती प्रदेशकै जस्तै,प्रदेश एककाे पनि हालत हुदैछ। माधव नेपालकाे साथ छाडेपछि भीम आचार्य प्रदेश १ काे मुख्यमन्त्री भएका थिए। गत भदाै १० गते आचार्यले मुख्यमन्त्रीको शपथ लिएका थिए । संविधानानुसार उनले पनि असोज १० भित्रै प्रदेशसभामा आफ्नो बहुमत छ भन्ने सिद्ध गर्न विश्वासको मत लिनुपर्ने थियो । तर, आफ्नो पक्ष अल्पमतमा छ भन्ने जान्दाजान्दै मुख्यमन्त्रीको नियुक्ति लिएका आचार्यले पनि विश्वासको मत लिएका छैनन् । आचार्यले ओली नेतृत्वको तत्कालीन आफ्नै सरकारका विषयमा गरेका टिप्पणी र नैतिकताका प्रश्न अहिले उनीतिरै फर्किएका छन् । वर्तमान सत्ता गठवन्धनले उनले विश्वासकाे मत लिन नसक्ने अवस्था सिर्जना गरेर आचार्य हटाउने र उनकाे ठाउँमा राजेन्द्र राइलाइ मुख्ममन्त्री वनाउने तयारी गरिसकेका छन।
उता, कर्णाली प्रदेशमा एमालेले विश्वासको मत फिर्ता लिएर सरकार ढाल्ने तयारी गरेपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नेपाली कांग्रेसको सहयोगमा विश्वासको मत कायम राखेका छन् । उनले त्यति बेला नै कात्तिकपछि कांग्रेसलाई सत्ता हस्तान्तरण गर्ने ‘भद्र सहमति’ गरेका कारण अहिलेसम्म उनको सरकार बहुमतमा छ । उनी आफैँले सत्ता हस्तान्तरण गर्ने प्रतिबद्धता सार्वजनिक गरेकाले आउँदो कात्तिकको पहिलो सातापछि उनी मुख्यमन्त्री पदमा रहने छैनन् ।
उनको स्थानमा कांग्रेस केन्द्रीय सदस्य तथा प्रदेश सरकारमा शाहीकै सरकारका मन्त्री जीवनबहादुर शाही मुख्यमन्त्री बन्नेछन् । तर कर्णाली प्रदेशसभामा कांग्रेसकाे जम्मा ६ जना मात्र सांसद छन् । उनकाे सरकार माओवादी केन्द्रकाे बलमा टिक्नुपर्नेछ।




