काठमाण्डाैं । म दुई चोटि महासचिव भएँ, तेस्रो पटक हुन्नँ। मेरो व्यक्तिगत चाहनाले पनि दिँदैन, विधानले पनि दिँदैन,’ नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा भने। त्यही कार्यक्रममा उनले केपी ओलीलाई नै फेरि एमालेको अध्यक्ष बनाइने पनि बताए। यसैबाट पोखरेलले आफू अध्यक्षको दाबेदार नभएको र महासचिवमा इच्छुक नरहेको स्पष्ट पारे।
मंसिर १० मा बुटवलमा हुने दसौँ महाधिवेशनबाट एमालेले अर्को पाँच वर्षको लागि नयाँ नेतृत्व चयन गर्दैछ। ओलीले यसअघि नै आफूलाई निर्विकल्प अध्यक्षका रुपमा उभ्याइसकेका छन् । बाँकी रहेका अन्य १४ पदाधिकारीमा नेताहरुबीच दाबेदारी सुरु भइसकेको छ। विधान महाधिवेशनबाट पारित भएको संगठनात्मक संरचनाअनुसार एमालेमा वरिष्ठसहित उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव १ र सचिव ७ जना हुनेछन्। जुनजुन नेता यी १४ पदमा पुग्नेछन् ।
यी १४ जनामा पर्न नेताहरुबीच दौडधुप र बार्गेनिङ सुरु भइसकेको छ। महासचिव पोखरेलले आगामी महाधिवेशनमा अध्यक्ष नलड्ने र ओलीलाई सहयोग गर्ने घोषणा गर्नुको कारण पनि यही हो। तर नेताहरूका अनुसार ओलीले अध्यक्ष बाहेकका १४ पदमा कसलाई ल्याउने भनेर अहिलेसम्म कुनै संकेत दिएका छैनन्। एमालेका नेताहरुका अनुसार पोखरेल वरिष्ठ उपाध्यक्ष बन्न चाहन्छन्। ओलीलाई खुसी पारेर दोस्रो वरियताको पद प्राप्त गर्ने उनको योजना छ। एमालेका एक नेताले पोखरेल वरिष्ठ उपाध्यक्ष हुने तयारीमा छन । ओली आफूपछिको पदमा हस्तक्षेप गर्ने खालको नभई ‘एसम्यान’ शैलीको व्यक्ति चाहन्छन्।
पोखरेल वरिष्ठ भए अन्य चार उपाध्यक्ष को को होलान् ? माओवादी केन्द्रबाट एमालेमा समायोजन भएकाहरुलाई मिलाउन ओलीले रामबहादुर थापा बादललाई एक जना उपाध्यक्ष बनाउने सम्भावना छ। यस्तै भीम रावल,अष्टलक्ष्मी शाक्य पनि उपाध्यक्षकै लाइनमा छन । केपीले यसपछि पनि उपाध्यक्षमा भनेकाे मान्ने सुवास नेम्वाङलाइ उपाध्यक्ष वनाउने तयारी थालेका छन ।




