काठमाण्डाैं । वाग्लुङबाट निर्वाचित सांसद देवेन्द्र पाैडेल शिक्षा मन्त्री भएका छन।सामान्यतया राजनीतिकर्मी भएकाेले र पटक पटक सांसद भएकाेले उनलाइ राज्यसत्ता कसरी चल्छ र कसरी चलाउनुपर्छ भन्ने थाेरवहुत जानकारी नहुने कुरै भएन। यसमाथि उनी मन्त्री भइसकेका मानिस हुन।
तर भर्खर मन्त्री भएका पाैडेल अचेल हरेक दिन पुर्वशिक्षा मन्त्रीहरूलाइ भेटिरहेका छन।पहिले त उनले वागलुङकै पाका माअेावादी नेता तथा पुर्वशिक्षा मन्त्री दिनानाथ शर्मालाइ भेटेका छन।उनीसंग शिक्षा मन्त्रालय कसरी चलाउने भनेर उनले राय मागेका छन।नेपालमा मन्त्री भएपछि पुर्वमन्त्री वा विज्ञसंग छलफल गर्ने चलन नै थिएन।याे चलनलाइ नेता पाैडेलले चिरेका छन।
उनले पाका नेता शर्मालाइ मात्र हाेइन अर्का पुर्वशिक्षा मन्त्री गिरिराजमणि पाेखरेललाइ पनि भेटेका छन। उनीसंग भेटेर पनि पाैडेलले शिक्षाा मन्त्रालय चलाउने उपाय र ज्ञानकाेवारेमा जानकारी लिएका छन।





