रिबन

प्रदिप यादवलाई मन्त्री नबनाइएकाे भन्दै उपेन्द्र यादवकाे पुत्ला दहन

काठमाण्डाैं । गठवन्धन सरकारलाई नयाँ नयाँ समस्याकाे सामना गर्नुपरिरहेकाे छ।जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पर्सा जिल्लाका सांसद प्रदिप यादवलाइ वेवास्ता गरि मन्त्री नवनाएकाे भन्दै उनकाे समर्थनमा कार्यकर्ताले अध्यक्ष उपेन्द्र यादवकाे पुत्ला जलाएका छन।

राजधानीकाे वालकुमारीमा रहेकाे जसपाकाे पार्टी कार्यालयमा नारावाजी र प्ले कार्ड प्रदर्शन गर्दै उनीहरूले पुत्ला दहन गरेका हुन। करिव एक दर्जन कार्यकर्ताले अध्यक्ष उपेन्द्र यादवकाे तस्वीर सहितकाे पुत्ला वनाएर यसलाइ जलाएका हुन । यसपछि उनीहरूले पार्टी कार्यालयकाे मुल गेटमा ताला समेत लगाएका छन।

पर्साबाट निर्वाचित सांसद यादवलाइ मन्त्री नवनाएकाेमा उनीहरूले विराेध गरेका हुन।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *