काठमाण्डाैं । चार बर्ष अघि डिभाेर्स गरेका हास्यकलाकार मनाेज गजुरेलले साेमवार दाेस्राे विवाह गरेकाे सार्वजनिक घाेषणा गरेका छन।उनले सामाजिक सञ्जालमा नै विवाह गरेकाे खुलासा गरेका हुन।
सरकारी सेवामा कार्यरत मञ्जु पाेखरेलसंग विवाह वन्धनमा वाँधिएका गजुरेलले सञ्चार माध्यामसंग लामाे गुनासाे गरेका छन।उनले अमर्यादित,कपाेलकल्पित र कथा नलेखिदिनु हुन अनुराेध समेत गरेका छन।उनले विमम्र अनुराेध गर्दै केटाकेटीका शान्तिभंग हुने काम नगरिदिनुहाेला भनेका छन।

विगतमा पारपाचुके भएपछि लेखिएका कतिपय खवरले तनाव दिएकाे उनकाे अनुभव छ।
हास्यब्यग्यमा फरक फरक प्रस्तुती दिएर चर्चा र ख्याति कमाएका गजुरेल स्वयम नयाँ अध्याय सुरू गरेकाे वताएका हुन।




