काठमाण्डौं । पर्यटन मन्त्री वनाउने वचन पाएर पनि अन्तिम समयमा धोका पाएका नेकपा एकिकृत समाजवादीका नेता मेटमणि चौधरीले संसदीय समितिको सभापति कसैगरि नखाने वताएका छन।
उनलाइ मन्त्रीको ठाउँमा सभापति वनाउने माधव नेपालको प्रस्ताव थियो । माधव नेपाल भनेर मरिमेटेर लागेका चौधरीले मन्त्री पद नपाएपछि सभापति पद नखाने वताएका हुन।तर,राज्यमन्त्रीस्तरिय पद पाउँदा पनि उनले खान्न भनेर जवाफ लगाउनुको पछाडि भने अर्कै कारण छ ।
उनले संकल्प खवरसंग कुरा गर्दै भनेका छन–मैले सभापति खान्छु भनेपछि अहिले सभापति भइरहेको अर्को मान्छे हटनुपर्छ । अर्कालाइ हटाएर म किन सभापति वन्ने ? मैले यसो गर्नु हुन्न । वरु म पार्टी निर्माणमा लाग्छु । मलाइ यतिकै ठिक छ ।
माधव नेपालले मन्त्री नवनाएपछि दुखि भएका चौधरी अर्कालाइ सभापतिबाट हटाउन तयार भएनन । अन्तिमसमयसम्म पनि मन्त्री हुन्छु भनेर विश्वास गरेर वसेका उनलाइ नराखी किसान श्रेष्ठ र प्रेम आलेलाइ वनाइयो । उनको चित्त दुखाइ छ–यहाँ मन्त्री वन्न व्रिफकेस वोक्ने र नेताको घरमा गएर धम्की दिनसक्ने हुनुपर्ने रहेछ ।




