काठमाण्डौं । एमालेबाट फुटेको नेकपा एकिकृत समाजवादीले किसान श्रेष्ठ र प्रेम आलेलाइ मन्त्री वनाएपछि माधव नेपालको यो पार्टीमा नयाँ तरंग आएको छ । नेकपा एसमा जिवनराम श्रेष्ठ र मेटमणि चौधरीको नाम मन्त्रीको रुपमा निकै चर्चा थियो । यसमध्ये चौधरीलाइ पर्यटन मन्त्री वनाउने भनेर लामो समय देखि आश्वासन प्राप्ता थियो । दाङ्गबाट निर्वाचित चौधरी सोही जिल्लाका नेता युवराज ज्ञवालीले माधव नेपाललाइ धोका दिदासमेत नडगमगाएका नेता हुन । तर,अन्तिम समयमा न श्रष्ठ मन्त्री भए न चौधरी । वरु उनीहरुको ठाउँमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाइ चुनाव हराएका किसान श्रेष्ठ र डोटीबाट निर्वाचित काठ ब्यापारी प्रेम आलेलाइ मन्त्री वनाए । पार्टीको पदाधिकारी चयन गर्दा समेत काठमाण्डौंको स्थानीयलाइ वेवास्ता गरेका माधव नेपालले मन्त्री वनाउदा पनि होस पुरयाएनन ।उनले काठमाण्डौंका रैथाने श्रेष्ठलाइ ठाउ दिएनन ।
नेकपा एमाले मै रहदा यी दुवै नेता केपी ओलीतिर लागेका थिए । पार्टी विवादले उग्र रुप लिएपछि अन्तिम समयमा मात्र उनीहरु माधव नेपालतिरलागेका थिए । श्रेष्ठ र आले माधवतिर आउदा उनको पार्टीका केही सांसद पनि वोकेर ल्याएका थिए । यहि गुण माधव नेपालले तिरेका छन । माधव नेपाल स्रोतका अनुसार,श्रेष्ठ र आलेले अझ पनि एमालेतिर रहेका केही सांसद र नेतालाइ आफुतिर ल्याउने वचन माधव नेपाललाइ दिएका छन । पैसा र डन दुवै भएका यी दुवै नेतालाइ मन्त्री वनाउनुको अर्को कारण भनेको आर्थिक प्रलोभन नै हो । माधव नेपालसंग निकट रहेका नेताहरुलाइ आर्थिक प्रलोभनमा पारेर उनीहरुलाइ मन्त्री वनाइएको चर्चा चलेको छ ।




