काठमाण्डाैं। नेकपा एकीकृत समाजवादीले चार मन्त्री र एक राज्यमन्त्रीको नाम प्रधानमन्त्रीलाई बुझाएको छ । स्वास्थ्य मन्त्रालयको जिम्मेवारी रामकुमारी झाँक्रीलाई दिने भनिएकोमा अब उक्त मन्त्रालय विरोध खतिवडालाई दिने निर्णय समाजवादीले गरेको छ। यस्तै रामकुमारी झाँक्रीलाई पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सहरी विकासमध्ये एक दिने भएको छ । किसान श्रेष्ठ श्रममन्त्री बन्ने भएका छन् भने भवानी खापुङ स्वास्थ्य राज्यमन्त्री बन्ने भएका छन् । अन्तिम समयमा नेकपा समाजवादीले मन्त्रीहरूको जिम्मेवारी हेरफेर गरेर नाम बुझाएको हो । मन्त्री वन्ने भनेर चर्चा चलेपनि मेटमणि चाैधरीलाइ पनि माधवले मन्त्री वनाएनन।




