रिबन

६ घन्टाको अवरोधपछि चल्न थाल्यो फेसबुक,ह्वाट्स एप र इन्स्टाग्राम


काठमाडौं । ह्वाट्स एप, इन्स्टाग्राम र फेसबुक विश्वभर करिब ६ घन्टा डाउन भएका छन्। सोमबार राति साढे ९ बजेदेखि यी तीनवटा एपको सेवा नेपाल, भारतसहित विश्वभरि नै रोकिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। फेसबुकले आफ्नो वेबसाइटमा केही समस्या देखिएको र त्यसलाई समाधान गर्न आफूहरू लागिरहेको जनाएको थियो ।

मार्क जुकरबर्गले माफी माग्दै ६ घन्टाको अवरोधपछि सकै एप्स चल्न थालेको जनाएका छन् । फेसबुका एप्सहरु बन्द हुँदा अर्को सामाजिक संजाल ट्रवीटरको साहारा लिनु परेको थियो । फेसबुकका प्रवक्ता एन्डी स्टोनले ट्विटरमार्फत सेवा सुचारु गर्न आफूहरू लागि परेको जनाएका छन्। ‘माफ गर्नुहोला, केही समस्या देखिएको छ। भनी ट्वीट गरेका थिए ।

हामीले यसमा काम गरिरहेका छौं,’ प्रवक्ता एन्डी स्टोनले ट्विटरमा लेखेका थिए, ‘चाँडै समस्याको समाधान हुनेछ।’ सर्भिस डाउन हुनेबित्तिकै फेसबुकले प्राविधिक कारणले समस्या भएको र चाँडै समाधान हुने जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *