गजलः आजकल
दिनहु सपनीमा आउछन् तिम्रा तस्बिर हरु
मेरै मुटु ताकी ताकी छोड्छन्, तिखा तिर हरु
शिखरको सफरमा फेदिमै छलिएको छु म
तान्न खोज्छ कालीगङ्गा, पुर्न खोज्छ भिर हरु
म जाबो त के नै हो र? हारे मैले हारी सके
जिन्दगीमा हार्दा रहेछन्, ठुला ठुला वीर हरु
चोखो माया गर्ने हरु नै धोखा खादा रहेछ
यस्तै देख्छु सबै तिर, मुटु दुख्ने नजिर हरु
स्वार्थको यो दुनियामा साटिन्छ हाँसो मात्र
कतै साट्न मिल्दो रहेन्छ, आँसु अनि पिर हरु




