काठमाण्डाैं।विधान महाधिवेशन भनेर सातदाेवाटाे देखि गाेदावरीसम्मकाे धुले वाटाेमा नेकपा एमालेका अध्यक्ष केपी ओलीलाइ एस्कर्टिङ गरेर कार्यकर्ताले लिएर गए।गाेदावरीमा शुक्रवार ६ हजार भन्दा बढी प्रतिनिधि भेला पनि भए।यत्रा धेरै कार्यकर्तालाइ भातभान्साकाे ब्वस्था समेत एमालेले गतिलै गरयाे।वानेश्वरकाे एवान क्याटरिङलाइ यसकाे जिम्मा दिइयाे। एमालेले प्रतिब्यक्ति २५ सय रूपैयाँ प्लेटकाे खाना मात्र खुवाएन,केपी ओलीकाे तस्वीर भएकाे फुच्चे वाेटलमा पानी समेत खुवायाे।
भब्य र भयकर तामझाम गरेर सुरू गरिएकाे विधान महाधिवेशनका प्रमुख वक्ता थिए-केपी ओली।उनी यति वाेले कि रूघा र खाेकीले विरामी भएका केपीले भाषण नै पनि पुरा गर्न सकेनन।उनी विरामी परे।
कार्यकर्तालाइ एमाले सरकारले गरेका काम मात्र उनले वताएनन,सुशील काेइराला सरकारले सत्ता हस्तान्तरण गर्न गरेकाे विलम्वकाे पनि वेलिविस्तार लगाए।माधव नेपाल देखि प्रचण्डले सरकार ढालेकाे,काम गर्न नदिएकाे लगायतका अनेक कुरा पनि गर्न भ्याए।

उनले यस्तरी वेलिविस्तार लगाइरदा मिठाे परिकारसहित सत्कार पाएका एमालेका नेता कार्यकर्ता भने पहिलाेपटक भएकाे गाेदावरीकाे हलमा मस्त निन्द्रामा परे।काेही थाके त काेहि गले।गाेदावरीकाे सुविधासम्पन्न हलमा रहेकाे राम्राे कुर्सीमा उनीहरू यसरी निदाए कि अध्यक्ष ओली वाेलिरहे उनीहरू निदाइरहे।




