काठमाण्डाैं । पूर्वमाओवादीबाट एमालेमा प्रवेश गरेका प्रभु साह नेकपा एमालेमा विद्राेह गरेका छन। शुक्रवारबाट सुरू एमालेको विधान महाधिवेशनमा सहभागि नभएर उनले विद्राेह गरेका हुन। आफ्ना ८ बुँदे मागहरु पूरा नभएसम्म यस्ता वैठकमा भाग नलिने उनले जनाएका छन। उनले बिहीबार विहान पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर असन्तुष्टि पाेखिसकेका छन। यस्तै विहिवार नै महासचिव ईश्वर पोखरेलसंग पनि भेटेर विधान महाधिवेशनमा भाग नलिने जानकारी गराएका छन। वर्तमान संविधान नै खारेज गर्नुपर्छ भन्ने लाइनमा पुगेका साह एमालेमा लामाे समय देखि असन्तुष्ट देखिएका छन।




