काठमाडौं । नेकपा एमालेले बाग्मती प्रदेशकी मुख्यमन्त्री समेत रहेकी एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको पार्टीगत जिम्मेवारी खोसेको छ । एमालेले शाक्यको यसअघिको बाग्मती प्रदेश इन्चार्जको जिम्मेवारी खोसेको हो ।
शाक्यको इन्चार्जको जिम्मेवारी खोसेर रामबहादुर थापालाई इन्चार्ज बनाइएको छ भने मर्यादाक्रममा भने शाक्यलाई माथि राखिएको छ । उनी एमाले उपाध्यक्ष समेत हुन् ।
बाग्मती प्रदेशको सहइन्चार्जमा भने काशीनाथ अधिकारीसहितका ४ जना नेताहरुलाई दिइएको छ । एमालेमा १० बुँदे सहमति लागू हुँदा शाक्य इन्चार्ज रहने अबस्था थियो । तर १० बुँदे सहमति जस्ताका तस्तै कार्यान्वयन नहुने अध्यक्ष ओली र महासचिव इश्वर पोखरेलले बताउँदै आएका छन् ।
सुरपश्चिम प्रदेशको इन्चार्ज समेत उपाध्यक्ष भीम रावलबाट खोसेर लेखराज भट्टलाई दिइएपछि एमालेभित्र विवाद शुरु भएको छ । विवाद समाधानका लागि उपाध्यक्ष रावलकै नेतृत्वमा कार्यदल गठन भएको छ । तर कार्यदलले समेत कुनै सहमति गर्न सकेको छैन ।
माधवकुमार नेपाल समुहमा रहेकी शाक्य १० बुँदे सहमतिलाइ आधार मान्दै अन्तिममा एमालेमै रहने निर्णय गरेकी थिइन् । त्यसपछि अध्यक्ष ओलीले बाग्मती प्रदेशको मुख्ममन्त्री समेत बनाइदिएका छन् । तर उनले असोज २५ गते विश्वासको मत लिन लागेकी छन् । जहाँ उनले विश्वासको मत नपाएर मुख्यमन्त्रीबाटै विदा लिनुपर्ने अबस्था रहेको छ ।




