रिबन

सर्वदलिय वैठकमा ओली नगएपछि विश्वप्रकाशले भने–हठ छोडनुस,एक्लै नहिंडनुस

काठमाण्डौं । प्रधानमन्त्री शेरवहादुर देउवाले डाकेको सर्वदलिय वैठक एमालेले वहिष्कार गरेपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ननिको मानेका छन । संसदको अवरोध खोल्न सहमति कायम गर्न डाकिएको वैठकमा समेत एमाले नगएपछि उनले यो हठ त्याग्न भनेका छन । विहिवार प्रधानमन्त्रीले सर्वदलिय वैठक डाकेका थिए । वैठकमा नगएको एमालेलाइ तोकेर प्रवक्ता शर्माले भनेका छन–सर्वदलीय बैठकमा फरक मत राख्न सकिन्छ l साझा मत निर्माणको प्रयत्न गर्न सकिन्छ l सुसंस्कृत राजनीतिले सँगै बसेर समाधान खोज भन्छ, बहिष्कार गरेर एकल मंचबाट असहिष्णु बात गर भन्दैन l श्रद्देय केपी ओलीज्यु, द्वन्दको हल हठ होइन संवादले खोजौं l गतिरोधले गिराउँदो छविप्रति गम्भीर बनौं l

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *