काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोनाभाइरसको जोखिम कायम रहेको उल्लेख गदै भीडभाड, सभाजुलुस, जात्रा, महोत्सव र भोज नगर्न रोक लगाएको छ ।
बिहिबार एक आदेश जारी गर्दै प्रशासनले आजदेखि अर्को आदेश जारी नहुँदासम्म जिल्लाभित्र यस्ता कार्यमा रोक लगाएको हो । न्यूनतम सहभागितामा सांकेतिक रुपमा चाडपर्व मनाउन पनि प्रशासनले भनेको छ ।






