रिबन

‘माधव अस्पताल भर्ना हुनुको अर्थ गम्भीर छ ‘

काठमाण्डौं । शुक्रवार साँझ देखि ज्वरोले थलिएका थिए–माधव नेपाल । उनी अचानक वुधवार राती ८ बजे महाराजगञ्जमा रहेको शिक्षण अस्पतालमा भर्ना भएका छन । उनको अवस्था विहिवार विहान पनि सामान्य छ । माधव नेपाल स्रोतका अनुसार,उनलाइ कोभिड लागेको होइन र ज्वरो पनि हल्का मात्र छ । यसका वावजुद पनि माधव नेपाल अचानक किन अस्पताल नै भर्ना भए ? यो प्रश्न गम्भीर छ । ध्यानपुर्वक हेरिनुपर्ने विषय के छ भने माधव नेपाल त्यतिवेला मात्र अस्पताल भर्ना भए जब प्रधानमन्त्री शेरवहादुर देउवाले सर्वदलिय वैठक डाके । कुराको चुरो यहिनेर छ ।

प्रधानमन्त्री शेरवहादुर देउवाले डाकेको सर्वदलिय वैठकको मुख्य विषय भनेकै संसदको अवरोध खुल्ला गर्नु हो । यसको लागि सभामुख अग्नि सापकोटाले कोशिश गरेका त थिए तर उनको कोशिश असफल भयो । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सदनको अवरोध खुलाउन सर्त राखेको छ र उसका सर्त माधव नेपालर सभामुख प्रति लक्षित छ । एमाले भन्दैछ–कि माधव सहित १४ जनालाइ कारवाही गर कि सभामुखले राजीनामा देउ । यहि गतिरोध फुकाउन प्रधानमन्त्रीले कोशिश गरेका छन । तर,माधव नेपाल र सभामुख भएको वैठकमा नआउने एमालेले जनाइसकेको अवस्थामा सर्वदलिय वैठक कसरी सम्भव होला ? यो प्रश्न थियो । यसैकारण विरामी माधव नेपाल अस्पताल भर्ना भएका छन भने सभामुख सर्वदलिय वैठकमा जाने कुरै भएन । जब एमालेले अस्विकार गरेको दुइ पक्ष वैठकमा हुदैनन तब उसलाइ वैठकमा भाग लिन सहज हुनेछ । यहि तालमेल मिलाउन माधव नेपाल अस्पताल भर्ना भएका छन । प्रधानमन्त्री निकट स्राेत भन्छ-यसको मतलब उनी विरामी छैनन भन्ने होइन । तर वातावरणलाइ सहज वनाउन उनले यो नीति लिएको प्रष्ट वुझन सकिन्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *