रिबन

ओलीकाे कुटील चाल : भीम रावल,घनश्याम यसरी विचरा भए

काठमाण्डौं । अन्तिम समयमा माधव नेपाल छाडेर केपी ओलीतिर लागेका नेकपा एमालेका तेस्रो धारका नेताहरु छिन्न भिन्न भएका छन । संसद विघटन नै असंवैधानिक छ भनेर धुम्वाराही देखि माइतीघरसम्म विगुल वजाउँदै पुगेका नेताहरु अहिले एमालेको मुख्यालयमा रहेपनि अध्यक्ष केपी ओलीतिको उक्त हर्कत सही थियो वा थिएन भनेर निक्र्योल गर्न सक्ने अवस्थामा नै पुगेका छैनन । स्थायी कमिटीबाट स्थायी कमिटीसम्म आइपुग्दा तेस्रो धारका दस भाइ नेता जेठ २मा एमाले पुग्यो कि पुगेन भन्ने निष्कर्ष नै निकाल्न नसक्ने अवस्थामा पुगेका छन । केन्दिय कमिटीको वैठकमा भीम रावल र घनश्याम भुषालले जेठ २ देखि जबजको पुर्नब्याख्यासम्मको कुरा गर्दा वाँकी नेताहरु चुइकक वोलेनन । वरु योगेश भटटराइले पार्टीको निर्णय सुनाउदै दस वुदे लगभग पुरा भएको वताए । उनले बोलेको वोलीको लय समाउदै अर्का नेता सुरेन्द्र पाण्डेले पनि दस वुदे कार्यान्वयन भइसकेको वताएका छन । उनीहरुको यो अभिब्यक्ति सार्वजनिक भइरहदा वाँकी नेताहरु मौन देखिएका छन । तेस्रो धारका भनिएका नेताहरुमा नै देखिएको यो अलमल र दृष्टिकोणमा आएको समस्याले पार्टी संस्थापन पक्षलाइ हाइसञ्चो भएको छ । किनभने संस्थापन पक्षले दस वुदेलाइ यतिमै विश्राम दिने पक्षमा छन ।

केपी ओलीपक्षधर नेताहरु भन्दैछन–दस वुदे र जेठ २ भनेकै यहि हो । हुवहु लागु गर्नुपर्छ भन्नु भनेको कुरा भाडनु हो । जेठ २ मा जस्ताको तस्तै जादा अहिले माधव नेपाल तिर भएका कतिपय नेताले पनि जिम्मेवारी पाउने कुरा हुन्छ । र,पुर्वमाओवादी वर्हिगमनमा पर्ने कुरा हुन्छ । यसकारण हुवहु हुनैसक्दैन । तेस्रो धारका नेताहरुको समेत पर्याप्त सहयोग नपाएपछि रन्थनिएका रावललाइ ओलीले दस वुदे कार्यान्वयनको लागि भन्दै कार्यदल वनाएर संयोजक नै वनाइदिएका छन । अब वाँकी काम उनले पुरा गर्नुपर्छ । तर,उनले कसरी जेठ २मा एमालेलाइ पुरयानेछन ? जस्तो,जेठ २मा पुग्दा सुदुरपश्चिमको इन्चार्ज उनी आफै हुनुपर्नेछ भने वागमती प्रदेशको इन्चार्ज अष्टलक्ष्मी हुनुपर्नेछ । यहि दिशामा जादा लेखराज भटट र रामवहादुर थापालाइ के गर्ने ? यसैले वाठा ओलीले समस्या हल भएन भनेर हल्ला गर्नेलाइ नै समाधानको लागि संयोजक तोकेर ओली आराम गरिरहेका छन । अर्थात,दस भाइ फुटाउने,आफु हावी हुने उनको जुन योजना थियो,क्रमश सफल हुदैछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *