काठमाण्डौं । साढे तिन बर्ष अघि रिक्त रहेको प्रतिनिधिसभाको उपसभामुख अब नियुक्त हुने भएको छ । केपी ओली सरकार ढलेर नयाँ सरकार वन्न गठवन्धन वनेपछि सोही गठवन्धनबाट उपसभामुख नियुक्त गर्न लागिएको हो । हामीलाइ प्राप्त सुचना अनुसार,उपसभामुखमा एमाले परित्यागगरि माधव नेपालको नेकपा एकिकृत समाजवादी प्रवेश गरेकी सरला यादवलाइ उपसभामुख वनाउन लागिएको वताइएको छ । उनी माधव नेपालकै गृहजिल्ला रौतहट निवासी नेतृ हुन । संसदमा समानुपातिक निर्वाचन प्रणालीबाट चुनिएकी सांसद यादवलाइ उपसभामुख वनाउने सहमति भइसकेको छ । मन्त्रीपरिषदको टुंगो लाग्ने वित्तिकै उपसभामुख पनि टुगो लाग्ने भएको छ । विगतमा प्रतिपक्षमा रहदा नेपाली कांग्रेसले उपसभामुख पद दावी गरेपनि तत्कालिन नेकपाले वास्ता गरेको थिएन । संविधानमा सभामुख र उपसभामुख फरक राजनीतिक दल र फरक लिंगको हुनुपर्ने उल्लेख गरिएको छ ।




