काठमाडौँ । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएको र राष्ट्रियसभाबाट बजेट आश्रित दुई विधेयक पारित भई आएको जानकारी गराएर असोज १४ गतेसम्मका लागि बैठक स्थगित भएको सभामुख सापकोटाले बताएका हुन् ।
आजको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद्हरुले नारावाजी गर्दै रोष्टम घेराउ गरेका थिए । लगातार अवरोध सिर्जना गर्दै आएको एमाले सांसदहरुले सोमबारको बैठकमा भने नयाँ ‘नारा’ पनि लगाएका छन्। उनीहरुले ‘कालो धनलाई वैधानिक बनाउन पाइँदैन’ भन्दै नारा लगाएका हुन्।




