रिबन

एमाले वैठकमा यस्तोसम्म भयो

काठमाण्डौं । शुक्रवार देखि चलेको नेकपा एमालेको आइतवार वसेको केन्द्रिय कमिटीको वैठकमा हात हालाहाल बाहेक सवै भएको खवर प्राप्त भएको छ । माधव नेपाललाइ धोका दिएर एमालेमै वसेका दस भाइ दोस्रो तहका नेताहरुले निर्मम शब्द सम्म वोलेका छन । एमाले स्रोतका अनुसार,स्थायी कमिटिले तयार पारेको विधान मस्यौदा सम्वन्धि प्रतिवेदनमा वोल्दै नेताहरु भीम रावल र घनश्याम भुषालले पार्टी अध्यक्ष केपी ओलीलाइ प्रतिगामी वाहेक वाँकी सवै शब्द प्रयोग गरेका छन । सुरुमा बोलेका भीम रावलले जेठ २ मा जाने भनेपछि सुदुरपश्चिमको इन्चार्ज माओवादीको भाग कसरी परयो भनेर आवाज उठाए । उनले यति कटु शब्द वोले कि यसपछि वातावरण नै अशान्त वन्यो ।

भीम रावल वोलेपछि घनश्याम भुषालले हात उठाएर वोलेका थिए । मौखिक रुपमा तिन प्रस्ताव राखेका भुषालले संसद विघटन घोर अप्रजातान्त्रिक कदम थियो भनेर प्रतिवेदनमा यो कुरा उल्लेख हुनुपर्ने वताए । उनले जबजको पुर्नब्याख्या हुनुपर्ने माग पनि राखे । भुषालले निकै उत्तेजित भएर वोले । रावल र भुषालले निकै ठुलो स्वर गरेर वोलेपछि संस्थापन पक्ष यि वोलीको अर्थ के हो ? भनेर आश्चर्यचकित भएका थिए । रावल र भुषालले पुर्वमाओवादी नेताहरुसंगको एकताको औचित्यको वारेमा पनि प्रश्न गरेका थिए ।

तर,यस वैठकमा ओली र पुर्वमाओवादी खेमाका कोही पनि नेता एक शब्द पनि वोलेनन । एमाले नेता बिजय सुब्बा भन्छन–हामीले किन वोलेनौं भने त्यहाँ वोलेको भए अवस्था खतरनाक हुन्थ्यो,वैठक भाडिन्थ्यो । एमाले केन्द्रिय कमिटीमा यति मात्र भएन,प्रदेश २ का टोली नेता रामचन्द्र मण्डल वोल्न खोज्दा वोल्न पाएनन । उनको ठाउमा मञ्चमा वोल्न भनेर एक जना मधेशी नेता र अर्को पहाडी नेता गए । तर,वोल्ने कसले भन्ने अलमल जारी रहयो । एकहिसावले भद्रगोल र अलमलमा वैठक सकियो । वैठकको अवस्था अलि अब्यवस्थित भएपछि अध्यक्ष ओलीले दस वुदे र जेठ २ को वारेमा स्थायी कमिटीमा चर्चा गर्ने भनेर वैठक टुंग्याए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *