काठमाण्डौं । नेकपा एमालेको अनौपचारिक तवरमा स्थायी कमिटीको वैठक वसिरहेको थियो । तर,वैठकभर केही नवोलेका भीम रावल अचानक निस्किए । वैठकबाट निस्किएर उनले सञ्चार माध्यामलाइ कुनै प्रतिक्रिया दिएनन । उनले सानो कामले वाहिर निस्केको भन्दै उम्किए । तर जादाजादै राजनीतिमा मौनताको ठुलो अर्थ हुन्छ भने । उनको यो बोली सांकेतिक थियो ।
उनी निस्किएको करिव आधा घण्टामा अर्का स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे पनि निस्किए ।उनको वोली पनि रावलको जस्तै थियो । उनले पनि जरुरी काम परेर निस्केको एकछिनमा आउँछु भने । सञ्चारकर्मीले पत्याए । तर,न रावल आए न पाण्डे । जब दुवै नेता निस्किए तब चर्चा चल्यो कि तेस्रो धारका नेताहरु असन्तुष्ट भए भनेर ।
एमालेको जारी केन्द्रिय कमिटिको वैठकमा तेस्रो धारका युवा नेताहरुले महत्वपुर्ण जिम्मेवारी नपाएका मात्र होइनन,उनीहरुले वोल्न समेत पाएनन । केन्द्रिय समितिको वैठकमा एमालेले गठन गरेको दस वटा कमिटीका टोली प्रमुखले वोले । वाँकी नेताहरु सुनेर मात्र वसे । पार्टी जेठ २ मा पुग्यो र दस वुदे सहमति कार्यान्वयन भयो भनेर मख्ख परेका नेताहरु जब वोल्न समेत पाएनन तब आश्चर्यचकित भएका छन ।




