रिबन

५४ जिल्लामा भयो कांग्रेसको पालिका अधिवेशन, १० जिल्लामा कहिले ?

काठमाडौं । नेपाली कांग्रेसले ५४ जिल्लामा पालिका तहको अधिवेशन सम्पन्न गरेको छ । वडा अधिवेशन भइसकेका ६४ जिल्लामध्ये १० जिल्लामा भने शनिबार अधिवेशन हुन नसकेको कांग्रेस निर्वाचन समितिले जानकारी दिएको हो ।

१० जिल्लामा अनुकुलताका आधारमा पालिका तहको अधिवेशनको मिति तय भएको केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ । काठमाडौं, काभ्रे, सिन्धुपाल्चोकलगायतका १० जिल्लामा शनिबार अधिवेशन शुरु नभएको समितिले जानकारी दिएको छ ।

केन्द्रीय निर्वाचन समितिले शनिबार अधिवेशन हुन नसकेका ठाउँमा सम्बन्धित स्थानीय तहमा खटिएका निर्वाचन अधिकृतलाई नै पुनः मिति तोक्ने र अधिवेशन गराउने अधिकार दिएको छ ।

१३ वटा जिल्लाको क्रियाशील सदसयता विवरण सार्वजनिक भएको छैन । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले दिएको जानकारीअनुसार क्रियाशील सदस्यता विवरण सार्वजनिक नभएका जिल्लाको छिटै विवरण सार्वजनिक हुनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *