काठमाण्डाैं।नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपालले केपी अेालीकाे दम्भ र घमण्ड चकनाचुर भएकाे वताएका छन।हेटाैंमा शनिवार वाेल्दै उनले यस्ताे वताएका हुन।उनले केपीकाे घमण्ड र विधि नमान्ने प्रवृत्तिले एमाले विभाजन गर्नुपरेकाे वताएका छन।
अध्यक्ष नेपालले अवकाे निर्वाचन पछि केपी अेालीकाे दल एमाले दिउँसै वत्ती वालेर खाेज्नुपर्ने अवस्थामा पुग्ने वताए।अहंकार र घमण्डले अेाली भरिएकाे उनकाे आक्षेप थियाे।
उनले आफनाे दल एकिकृत समाजवादीमा अहिले देशब्यापी रूपमा लहर आएकाे समेत दावी गरेका छन।अध्यक्ष नेपालले नेकपा एसले जवज नछाडेकाे र यस पार्टीले मार्क्सवाद,लेनिनवादलाइ मार्ग निर्देशक सिद्धान्त वनाएकाे वताएका छन।उनले जबज छाडेकाे भनेर भ्रममा नपर्न पनि उनले सवैलाइ अपिल गरेका छन।




