रिबन

गुल्मीमा नयाँ तरंग-पुर्वमुख्य सचिव लिलामणि पौडेल माओवादी प्रवेश

काठमाण्डौं । पुर्वमुख्य सचिव तथा पुर्वराजदुत लिलामणि पौडेल माओवादी पार्टीमा सक्रिय रुपमा लागेका छन । गुल्मीमा जन्मे हुर्किएका उनी पछिल्ला दिनमा गुल्मीमा भएका माओवादीको राजनीतिक कार्यक्रमका प्रमुख वक्ता हुन थालेका छन । हालै उनले रुरु गाउपालिकाले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा महत्वपुर्ण भाषण गरेका छन । माओवादीले यतिवेला स्थानीय तहमा संगठन विस्तारलाइ तिव्रता दिएको छ । गुल्मीमा भएको यस्ता कार्यक्रममा स्वयम पुर्वमुख्य सचिव पौडेल प्रशिक्षणमा ब्यस्त रहन थालेका छन । हालै उनले गरेको सम्वोधन निकै चर्चामा रहेको छ । भित्तोमा टासिएको हसिया हथौडा अंकित रातो झण्डाको अगाडि सेता कुर्ता सुरुवाल लगाएर उनले सम्वोधनको क्रममा वोलेका वाक्यबाट नै उनी अचेल के गर्दैछन र उनको राजनीतिक मान्यता के रहेछ भन्ने थाह हुन्छ

। उनले भनेका छन–यो ब्यवस्था कसले ल्याएको हो ? यो ब्यवस्थाको वकालत गर्ने को हो ?स्थापित गर्ने को हो ? समाज रुपान्तरण भनेको त त्यो हो नि । हिजो समाजमा जुन किसिमको सामाजिक हिसावले पछि परेको बर्ग समुदाय थियो,जाती थियो,त्यसलाइ राज्य सत्ताको मेन स्ट्रिममा लैजान लडने शक्ति चाहि माओवादी होे । लडयो र स्थापित गरयो । यसकारण त तपाइहरु राज्य प्रणालीमा प्रतिनिधि भइराख्नु भएको छ । हिजो त त्यो थिएन । अधिकारको रुपमा थिएन । कोही नियुक्त भएका थिए होलान,त्यो वेग्लै कुरा हो । अधिकारको रुपमा राख्ने काम चाहि माओवादीले गरेको थियो । यसकारण माओवादी वामपन्थी शक्ति पनि हो,रुपान्तरणको एजेण्डा वोक्ने शक्ति पनि हो । तपाइलाइ लाग्ला सवै उस्तै उस्त हुन । एमाले र माओवादी पनि उस्तै हुन । यता गए पनि हुन्छ उता गए पनि हुन्छ । होइन । आधारभुत रुपमा फरक छ ।

पुर्वमुख्य सचिव माअेावादीमा सक्रिय भएपछि साेही ठाउँबाट राजनीति गरिरहेका वाम नेताहरू प्रदीप ज्ञवाली,गाेकर्ण विष्ट शशंकित भएका छन।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *