काठमाडौं । प्रतिनिधिसभा बैठकको आज बिहीबार बस्दैछ । बिहीबार दिउँसो २ बजे बस्ने बैठकमा बजेटसँग सम्बन्धित २ वटा विधेयक पारित गर्ने कार्यसूची छ । दुई विधेयक पारित गरियोस् भन्ने प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले पेश गर्नेछन् । आर्थिक विधेयक २०५८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ पारित गर्ने कार्यसूची रहेको छ ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेले लगातार अवरोधका बावजुद सभामुख अग्नि सापकोटाले संसदलाई अगाडि बढाइरहेका छन् । बैठक सुरु भएलगत्तै एमाले सांसद्ले उठेर रोष्ट्रम घेर्ने गरेका छन् र तर पेलेरै सभामुखले संसद् बैठक सुचारु गरिरहेका छन् । केहि दिन उग्र रुपमा नारावाजी र विरोध गर्दै बुई नै चढेर रोष्ट्रममै पुग्न प्रयास गरेका थिए । एमालले सांसद्ले अहिले भने संयमित भएर नारा लगाउँदै आएका छन् ।




