रिबन

कांग्रेसकाे स्थानीय र क्षेत्रीय अधिवेशन फेरि स‍र्‍याे

काठमाण्डाैं। नेपाली कांग्रेसकाे महाधिवेशनकाे तालिका फेरि सरेकाे छ।वुधवार साँझ वसेकाे कांग्रेस पदाधीकारी बैठकले स्थानीय तह र क्षेत्रीय अधिवेशनहरुको कार्यतालिका परिवर्तन गरेको हाे । संशाेधित कार्यतालिका अनुसार, ९ गते सम्म वडा अधिवेशन सकेर दसैँ अघि गाउँ र नगर अधिवेशन गरिने भएकाे छ।

यसअघि असोज ९ गते सबै स्थानीय तहको निर्वाचन गर्ने तालिका थियो। असोज ९ गतेसम्म वडा अधिवेशन गरिने भएकाे छ। प्रदेश र प्रतिनिधिसभा निर्वाचन क्षेत्रका अधिवेशन भने दसैँपछि मात्र हुने भएकाे छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *