काठमाण्डाैं।नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे नेकपाकाे वैठक तनहुँकाे वन्दीपुरमा सम्पन्न भएकाे छ।करिव सय जना नेता,कार्यकर्ता र तिनका सहयाेगी सहितकाे वैठक सकिएकाे हाे । विप्लवकाे पुर्ण वैठकले राजनीतिकाे मुल मुद्धा जनमतसंग्रहबाट टुंगाे लगाउने निधाे गरेकाे छ।शासकीय स्वरूप कस्ताे वनाउने ? भन्ने वारेमा कुनै सहमतिमा पुग्न नसकेकाे विप्लव समुहले यसलाइ हल गर्न जनमतसंग्रहकाे बाटाे लिएकाे छ।
विप्लव समुहले वैज्ञानिक समाजवाद ल्याउने भनेकाे छ।तर,यसकाे लागि पनि जनमतसंग्रहमा नै जाने भनेकाे छ।संविधान प्रति पुर्ण असहमति छ भनेर नयाँ जनवादी ब्यवस्था ल्याउने दावी गरेकाे विप्लवले अब संघर्षकाे स्वरूप फेरेकाे वताएकाे छ।उसले शान्तिपुर्ण तवरमा नै अघि वढने भनेकाे छ।
वन्दीपुरमा गरेकाे वैठकमा उसले राजनीतिक समस्या हल गर्ने नयाँ उपाय लगाएपनि पारदर्शीतालाइ भने कायम राखेकाे छैन।पाच दिनसम्म वन्दीपुरमा चलेकाे पुर्ण वैठक खर्चिलाे देखिन्थ्याे।विप्लव समुहले महंगाे स्थान वन्दीपुरमा कति खर्च गरयाे वैठककाे लागि भन्ने खुलाएकाे छैन तर उसले खाजा खानाकाे लागि भने मन फुकाएकाे देखिन्छ। मकै देखि खसीकाे मासु र लाेकल कुखुरा समेत सेवन गरेका विप्लव समुहले यसकाे खर्च ब्यवस्थापन कसरी गरयाे भन्ने खुलेकाे छैन।





