रिबन

खड्का मन्त्री हुँदाका अनेक राेचक प्रसंग-साँझ न्युयाेर्क जानु छ,दिउँसाे सपथ !

काठमाण्डाैं । संयुक्त राष्ट्रसंघकाे ७६औं सभामा परराष्ट्र मन्त्री जानै पर्ने भएपछि बल्ल सरकारले मन्त्री नियुक्त गरेकाे छ।सरकार गठन भएकाे दुइ महिना नाघेपछि सरकारले परराष्ट्रमन्त्रीमा डा.नारायण खडकालाइ नियुक्त गरेकेा हेा ।

प्रधानमन्त्री शेरवहादुर देउवा नियुक्त भएपछि मन्त्री हुने लिष्टमा एक नम्वरमा नाम भएका डा.खडका मंगलवारसम्म पनि धुकचुक थिए।उनलाइ मन्त्री हुने हाे कि नहुने हाे भन्ने पिर थियाे।तर,स्वयम देउवा भने ढुक्क थिए।उनी मन्त्री भएकाे १२ घण्टामा नै न्युयाेर्क जादैछन।असाेज ११ गते उनले संयुक्त राष्ट्रसंघमा सम्वाेधन गर्नेछन।

उनी हतारिएर अमेरिका गएपनि राष्ट्रसंघमा सार्क राष्ट्रका परराष्ट्रमन्त्रीकाे साइडलाइन वैठक भने रद्ध भएकाे छ।मन्त्री भएर पदभार ग्रहणगरि मन्त्रालयमा सवैसंग राम्राेसंग परिचय समेत नलिइ उनी विदेश भ्रमणमा जान लागेका हुन।

सवैभन्दा राेचक कुरा के छ भने उनी मन्त्री हुनु भन्दा एक दिन पहिले अमेरिकाकाे राजदुत डा.युवराज खतिवडालाइ सरकारले फिर्ता बाेलाएकाे छ।मन्त्री खडका अमेरिका जान हतारिनुकाे पछाडि एमसिसि प्रमुख कारण हाे कि भनेर शंका गरिएकाे छ।तर पदधार ग्रहण गरेपछि मन्त्री खडकाले एमसिसि प्राथमिकतामा नरहेकाे वताएका छन।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *