काठमाण्डाैं। नेकपा एमालेका नेता तथा पूर्व सूचना तथा सञ्चार मन्त्री गोकुलप्रसाद बास्कोटाले माधव नेपाललाइ राष्ट्रद्राेही भनेका छन । पाेखरामा प्रेस चाैतारीले गरेकाे पत्रकार सम्मेलनमा उनले यस्ताे दाेष लगाएका हुन। उनले पार्टी फुटाएर माधव नेपालले राष्ट्रद्राेह,पार्टी द्राेह गरेकाे भनेका छन।उनले भनेका छन-एउटा उचाईमा पुगेको पार्टीलाई फुटाउने माधव नेपाल राष्ट्रद्रोही हो, पार्टीद्रोही हो। यसैले उनी नेता हाेइन, बेइमानी र पाखण्डी हुन । उनले माधव नेपालकाे पार्टी चुनावसम्मका लागि मात्र गठन भएको बताएका छन । उनले अझ अघि भने-माधव नेपालको पार्टीको अस्तित्व छैन । यो पार्टी घाम नझुल्किएसम्मका लागि मात्र हो, शीतजस्तै घाम झुल्केपछि यो आफै बिलाएर जान्छ । चुनावमा हारेपछि माधव नेपालको पार्टीको अस्तित्व नरहने उनको दाबी छ । उनले एमाले फुटेको नभई काँचुली फेरेको बताएका छन् । वास्काेटाले भनेका छन- एमाले फुटेको होइन, बरु काँचुली फेरेको हो, जसरी हरेक वसन्तमा रुखले पालुवा फेर्छ त्यसरी नै एमालेले माधव नेपाल समुह बाहिरिएपछि काँचुली फेरेको छ ।




