रिबन

एमाले अखिलकै युवाले विष्णु पाैडेलका प्रिय पात्र मेयरलाई किन मुक्का हाने ?

काठमाण्डाैं। नेकपा एमालेबाट निर्वाचित बुटवलका मेयर शिवराज सुवेदी लाइ मुक्का हान्ने युवाकाे पहिचान भएकाे छ। पहिराे पीडितकाे अवस्था अवलाेकन गर्न पुगेका एमालेबाट निर्वािचित मेयर सुवेदीलाई अनेरास्ववियु रुपन्देही जिल्ला कमिटी सदस्य गणेश पंगेनीले मुक्का हानेकाे खुलेकाे छ ।

नेकपा एमालेका उपमहासचिव विष्णु पाैडेलका प्रिय पात्र सुवेदीलाई मुक्का हान्नुपर्ने अवस्था किन भयाे ? अहिले यसमा वहश हुन थालेकाे छ।एमालेकै युवाहरू मुक्का हान्ने अवस्था हुनु भनेकाे मेयर अप्रिय र अलाेकप्रिय भएरै हाे भन्न थालेका छन।

पहिरो अवलोकनका लागि मेयर, नगर प्रहरी, नेपाल प्रहरीको टोली ज्योतिनगर पुगेको बेला आक्रोशित स्थानीय गणेश पंगेनीले सुवेदीमाथि मुक्का हानेका थिए ।

केही दिनअघि वर्षाले चुरेबाट पहिरो खस्दा बुटवल ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रका करिब दुई दर्जन घर क्षतिग्रस्त भएका थिए। स्थानीयले प्रभावित क्षेत्रमा सरकारले नहेरेको भन्दै आक्रोश पोख्दै मेयरमाथि नै मुक्का हानेका हुन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *