देश

बजेट पास भएपछि दिक्दार भएका ओली भन्छन–कति पेल्न सक्छन पेलुन

काठमाण्डौं । नेकपा एमाले अध्यक्ष केपी ओलीले सरकारले पेलेर बजेट पास गरेको वताएका छन ।

आज सदनमा सरकारले बलपुर्वक बजेट पास गरेपछि पत्रकारहरुसंग वोल्दै उनले सरकारले पेलेको वताएका छन । उनले भनेका छन–पेलुन पेलुन जति कतिसम्म पेल्दा रहेछन पेलुन । सदनमा नेकपा एमालेको विरोधका वावजुद पनि विनियोजन विध्येक पास भएको थियो ।

यसैगरि सरकारले आजै आर्थिक विध्येक र राष्ट्र ऋण उठाउने विध्येक पनि सदनमा पेश गरेको छ ।यी दुइ विध्येक असोज ७ गते वस्ने संसदको वैठकमा छलफल हुनेछ । यहि दिन दुवै विध्येक पास गर्ने सरकारको तयारी छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *