काठमाण्डौं । यथास्थितिमा सदन चल्दैन भनेर नेकपा एमालेले नारा लगाइरहेपनि सोमवार संसदले विनियोजन विधयेक पारित गरेको छ ।
नारा र विरोध कै विचमा सदनमा सरकारले वजेट पास गर्न प्रस्ताव पेश गरेको थियो । र,बहुमतले सोमवार सदनबाट विनियोजन विधयेक पारित गरेको छ ।
यो विधयेक पारित भएसंगै चार दिन जारी रहेको बजेट होलि डे अन्त्य भएको छ । अब सरकारले खर्च गर्न पाउने भएको छ । यो बजेट भदौ ३१ गते देखि नै लागु हुने भएको छ ।




