काठमाण्डौं । अर्थमन्त्री जनार्दन शर्मा रोष्ट्रम उक्लदै थिए–एमाले सांसदले नारा लगाए । विधिको शासन लागु,संसद चल्न सक्दैन । एमाले सांसदले नारा लगाइरहेकै बेलामा पनि चलेको संसदमा सक्रियतापुर्वक भाग लिने सांसद प्रेम सुवाल मात्र थिए । वाँकी न कसैले प्रश्न सोधे न स्पष्टिकरण नै सोधे । यस्तो बेलामा लागेको नारा केही उग्र नै थियो । नारा लगाउनेको अग्र भागमा भीम रावल लगायतका सांसद थिए भने पछिल्लो भागमा प्रदीप ज्ञवालीहरु । उनीहरु निरन्तर नारा लगाइरहेका थिए । तर,यहि विचमा रोष्ट्रममा पुगेका अर्थमन्त्री शर्मा भने सुशासन मात्र होइन पारदर्शीताको समेत कुरा गरिरहेका थिए । उनले प्रतिस्थापन विध्येकको वारेमा थोरै वेर वोलेर सांसदहरुलाइ वुझाउने कोशिश पनि गरे तर संसदमा नारा लागिरहेको थियो ।
बजेटको वारेमा सैद्धान्तिक वहश गर्नुपर्ने थियो तर प्रेम सुवाल वाहेक कुनै सांसदले एक वाक्य पनि वोलेनन । थोरै वेर वोलेका मन्त्री शर्माले चैत भित्र खोप लगाइसक्ने,वेरोजगार युवालाइ एक पटकलाइ दस हजार भत्ता,गरिविको अन्त्य,ब्यापारिक घाटा कम गर्ने वताएका छन । उनले सरकार गरिव जनताको पक्षमा काम गर्ने आश्वासन पनि दिए । तर उनले यसो भनेपनि सांसद सुवालले भने युवा मन्त्रालयलाइ युवा वेचविखन मन्त्रालय भनेर जवाफ दिए । यहि कचपचमा सोमवारको संसद चलेको थियो ।




