काठमाण्डौं । सोमवार संसद सुरु हुनेवित्तिकै संसदमा वोल्ने मौका पाएका नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले अनौठो प्रस्ताव राखेका छन । १२ मिनेट वोल्ने समय उनले पाइरहदा प्रमुख विपक्षी दल नेकपा एमालेले भने नारा लगाइरहेको थियो । उसले आज पनि विरोध गरिरहेको छ । यस्तो बेलामा वोल्ने अवसर पाएका सुवालले अब तिन प्रतिशतको थ्रेस होल्ड हटाउन माग गरे । उनले यो माग राख्नु पर्नाको कारण पनि खुलाएका छन । उनले भने–पहिले साना दलले राजनीतिक अस्थिरता ल्याए भनेर थ्रेस होल्ड राखियो तर अहिले ठुला दलले नै देश खत्तम पारे । र,अस्थिरता ल्याएका छन ।
उनले यसो भनिरहदा नारा लगाइरहेको एमाले केही वेर मौन जस्तो देखिएको थियो तर जब उनले सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिदमा भएको अनियमितता छानवीन हुनुपर्छ भने तब एमालेले ठुलो स्वरले नारा लगाउन थाल्यो । उसले माधव नेपाल सहितको सांसदलाइ कारवाही गर्न माग राखेका छन ।




