काठमाडौं । आइसीसी क्रिकेट वर्ल्डकप लिग २ मा नेपालले ओमनलाई ७ विकेटले पराजित गरेको छ ।
ओमनले दिएको १ सय २२ रनको लक्ष्यसहित मैदान प्रवेश गरेको नेपालले १८ दशमलव २ ओभरमा १ सय ९० बल बाँकी रहँदै तिन विकेट गुमाएर लक्ष्य भेटाएको हो ।
नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले अर्घसतकीय पारी खेले । उनले ५२ रन बनाए । ओपनर कुशल भुर्तेल ६ रन बनाएर आउट हुँदा अर्का ओपनर आरिफ शेखले ४० रन बनाए भने रोहित पौडेलले ६ रन बनाए । शरद भेषवाकर एक रनमा अविजित रहे ।
यसअघि नेपालले ओमनलाई ३७ दशमलव १ ओरभमै अलआउट गरेको थियो । नेपाली वलरसामु निरिह देखिएका ओमनका ब्याट्सम्यानहरुलाई ३१ दशमलव १ ओभरमा समेट्दै १ सय २१ रनमा अलआउट गराए ।
घरेलु टोली ओमनका ब्याट्सम्यानहरुलाई सस्तैमा समेट्ने क्रममा नेपालका सन्दिप लामिछाने र करण केसीले समान ४ विकेट लिए भने शरद भेषवाकरले २ विकेट लिए ।




