काठमाण्डाैं। नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमाले अब कम्युनिष्टकाे नेतृत्वमा नरहेकाे वताएका छन। संविधान दिवसकाे दिनमा पाेखरामा पुगेर पार्टी जिल्ला कार्यसमितिले गरेकाे संविधान दिवस कार्यक्रममा वाेल्दै उनले असली कम्युनिष्ट आफूहरू रहेकाे दावी गरेका छन। उनले भने कार्यकर्तालाई हाैसला बढाउँदै भनेका छन-असली कम्युनिष्ट पार्टी हामी हौँ, अरुले कम्युनिष्ट पार्टीको मर्ममा चोट पुर्याएका छन्, पार्टीलाई थिलथिलो र बदनाम गरे । हिजोका कुरा सम्झेर हुँदैन, फर्केर जाने कुरा नसोच्नुहोस्, अब जम्मै ढोका बन्द भइसक्यो ।
पार्टीका कार्यकर्ता दाेमन नगर्न मात्र भनेनन,एमालेमा ढाेका बन्द भएकाे समेत बताए। एमालेकाे तीन पटकसम्म महासचिव भएर नेतृत्व गरेका नेपालले भारी मन गरेर पाेखरामा समाजवादी पार्टी बलियाे दल वन्ने बताए।उनले बाहिर हल्ला भए जस्ताे माअेावादीसँग एकता नहुने पनि प्रष्ट पारेका छन।
नेता नेपालले अब केन्द्रीय सरकारमा एकिकृत समाजवादी दल जाने उदघाेष पनि गरे।उनले केपी अेालीले संविधानलाइ क्षतिविक्षत पार्न खाेजेकाे पनि वताए।




