समाचार

एमसीसी सहमतिमा पारित गर्नुपर्छ– शेखर कोइराला

विराटनगर। कांग्रेस केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाले सबै दलहरुबीच राष्ट्रिय सहमति कायम गरी एमसीसी पारित गर्नुपर्ने बताएका छन् ।

विगतमा अरुण तेस्रोका विरुद्धको कामले देश अन्धकारमा गएको भन्दै उनले एमसीसीका बारेमा सहमति कायम गरेर परित गर्नुपर्ने बताएका हुन् ।

अर्को प्रसंगमा नेता कोइरालाले अहिले कांग्रेसको वडा अधिवेशन सुरु भएको भन्दै जिल्ला अधिवेशनपछि सभापतिको उम्मेदवारी घोषणा गर्ने दाबी समेत गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *