काठमाण्डाैं।नेकपा एकिकृत समाजवादीकी नेतृ रामकुमारी झाक्रीले एमाले अध्यक्ष केपी अेाली विक्षिप्त भएकाे वताएकी छिन।एमाले फुटेपछि केपीकाे अवस्था कमजाेर भएकाे र ढल्नै लागेकाे वताएकी छिन।जनकपुरमा भएकाे पत्रकारसम्मेलनमा वाेल्दै उनले यस्ताे वताएकी हुन।
नेतृ झाक्रीले भनिन-केपी हतास मानसिकतामा देखिन्छन,यसैले गालीगलाैजमा उत्रिएका छन। उनले एमाले विभाजन नभएकाे वताइन।उनले भनिन-हामीले वस्नै नसक्ने अवस्था भएपछि विद्राेह गरेका हाैं।
उनले समाजवादी दलले भर्खर सलाइकाे काटी काेरेकाे भन्दै चुनावमा डढेलाे लाग्ने वताइन।उनले स्थानीय देखि संघिय चुनावसम्म एमालेले नसाेचेकाे क्षति बेहाेर्नुपर्ने वताइन।




