काठमाण्डाैं। नेपाली कांग्रेसका महामन्त्री डा.शशांक काेइरालाले पार्टी सभापति शेरवहादुर देउवाकाे गृहजिल्ला डडेल्धुरामा पुन अधिवेशनकाे सम्भावना नभएकाे बताएका छन।
संस्थापनइतरका प्राय नेताले यसलाई महाधिवेशनकाे ठूलाे मसला बनाइरहेकाे बेला महामन्त्री डा.काेइरालाले यस्ताे बताएका हुन।तर,डडेल्धुरामा प्रहरीकाे घेरामा अधिवेशन भएकाे भन्दै यसमा पुन: अधिवेशन गर्न माग गर्दै केन्द्रीय निर्वाचन समितिसँग कांग्रेस नेताहरूले भेटेका छन।
यहि भेटपछि बाहिरिदै गर्दा महामन्त्री काेइरालाले यस्ताे अभिब्यक्ति दिएका हुन। उनले भनेका छन-हामीले डडेल्धुरामा मनपरी भयो भनेर निर्वाचन समितिलाई ध्यानाकर्षण गरायौं । निर्वाचन समितिले पनि केही कमजोरी स्वीकार गर्यो तर पुनः अधिवेशन हुने सम्भावना म देख्दिन । उनले प्रहरी प्रशासन लगाएर बलपूर्वक वडा अधिवेशन गरिएको भएपनि पुनः अधिवेशन गराउने विषय सहज नभएको बताए ।




