राजनीति

संसद् खुलाउन आग्रह गर्दै मन्त्री कार्की बालकोटमा

काठमाडौं । संसद खुलाउन आग्रह गर्दै कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्की प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली निवास बालकोट पुगेका छन् । प्रमुख प्रतिपक्षी दल एमालेले गरेको संसद् अवरोध खुलाउने पहल गर्नका लागि मन्त्री कार्की ओली निवास बालकोट पुगेका हुन् ।

संसद अवरुद्ध भएको अवस्थामा सरकारले बजेटको प्रतिस्थापन विधेयक पारित गर्न नसकेपछि बिहीबारबाट सरकारी खर्च बन्द भएको छ । सरकारी खर्च नै बन्द भएको सत्ता र प्रतिपक्षी दुवैको आलोचना भइरहेका बेला कार्की प्रमुख प्रतिपक्षी दलका नेतालाई विश्वासमा लिने प्रधानमन्त्री शेरबहादुर देउवाको सन्देश लिएर ओलीलाई भेट्न गएका हुन् ।

एमालेले सभामुखले पार्टी विभाजनका लागि भूमिका खेलेको भन्दै संसद् अवरोध गरिरहेको छ । अर्को बैठक आउँदो सोमबारका लागि बोलाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *