रिबन

अष्टलक्ष्मीलाई अर्काे पनि झड्का-बागमतिकाे इन्चार्ज बादल

काठमाण्डाैं।वामगती प्रदेशकाे मुख्यमन्त्री र इन्चार्ज पाउने भएपछि रातारात माधव नेपाल छाडेर एमाले प्रवेश गरेकी अष्टलक्ष्मी शाक्यलाइ अर्काे पनि जाेडदार धक्का लागेकाे छ।हातमा रहेकाे मुख्यमन्त्री पद दुइ दिनकाे पाहुना भइरहेकाे बेलामा वागमती प्रदेशकाे इन्चार्ज पनि उनकाे हातबाट गुमेकाे छ।उनी समेत सहभागी विहिवारकाे जिल्ला कार्यकर्ता भेलामा शाक्यकै सामुन्ने माअेावादीबाट एमाले प्रवेश गरेका रामवहादुर थापा वादललाइ वागमती प्रदेशकाे इन्चार्ज भनेर सम्वाेधन मात्र गरिएकाे छैन,उनलाइ यहि हैसियतमा सभापति समेत वनाइएकाे छ।तर,यहि कार्यक्रममा इन्चार्जकाे अपेक्षा गरेकी शाक्यलाइ भने पार्टी उपाध्यक्ष र मुख्यमन्त्री मात्र भनेर सम्वाेधन गरिएकाे छ।

विहिवारकै सम्वाेधनमा शाक्यले जेठ २ मा फर्काैं भनेर भनेकी थिइन।उनले यसाे भनेकाे केही वेरमा नै उनलाइ अर्काे झडका लागेकाे हाे ।उनलाइ महासचिव पाेखरेलले जेठ २ मा जान नसकिने वताए भने अध्यक्ष अेालीले माधवलाइ वाेलाएर फेरि पार्टी फुटाउनु छैन भनेका छन।यतिले मात्र नपुगेर उनलाइ सर्वाधिक इच्छा गरेकाे इन्चार्ज पद पनि खाेसिएकाे छ।यसअघि भीम रावलकाे पनि यसैगरि पद खाेसिएकाे थियाे।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *