काठमाण्डाैं।नेकपा एमालेका महासचिव इश्वर पाेखरेल उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाइ कडा जवाफ फर्काएका छन। जेठ २ मा फर्कन दलि फराकिलाे पाराैं भन्ने सम्वाेधन गरेर अष्टलक्ष्मीले सम्वाेधन गरे लगत्तै प्रज्ञा भवनमा वाेलेका महासचिव इश्वर पाेखरेलले कडा जवाफ फर्काएका छन।उनले सभामा सम्वाेधन गर्दै जेठ २ भनेर यान्त्रिक रूपमा नवुझन भनेका छन।उनले यसाेभन्दा सभामा ताली बजेकाे थियाे।महासचिव पाेखरेलले जेठ २ भनेर कानुनी र प्राविधिक कुरा नगर्न भनेका छन।उनले जेठ २ लाइ राजनीतिक अर्थमा वुझन जरूरी छ।उनले अहिलेकाे एमाले जेठ २काे एमाले मात्र हाेइन,यसपछिकाे विकसित एमाले र परिर्तित र एकता सहितकाे एमाले भनेर वुझन जरूरी रहेकाे वताएका छन।उनले यसाे भनेर माअेावादीबाट एमालेमा प्रवेश गरेका टाेपवहादुर रायमाझी सहितकाे समुहलाइ अवमुल्यन गर्न नसकिने संकेत गरेका छन।उनले केवल हिजाेकाे एमाले भनेर वुझे गल्ती हुने वताएर नेतृ शाक्यलाइ जस्ताकाे तस्तै एमाले जेठ २ मा फर्कनै नसक्ने वताएका छन।




